हिउँ नपर्दा गोरखाका स्थानीय चिन्तित
छिरिडं फुन्जो लामा
गोरखा- गोरखाका हिमालपारीका गाउँपालिकाहरुमा पुस महिना सकिँदा पनि हिउँ नपर्दा स्थानीय चिन्तित भएका छन ।
हिउँ नपर्दा बालीनालीलाई पानीको अभाव भएको र उत्पादन घट्ने चिन्ता किसानहरुलाई छ ।
गोरखाका धार्चे र चुमनुब्री गाउँपालिकामा आकशे पानी को भरमा खेति गर्नु परेकोले यहाँ लगाइएका गहुँ लगायत अन्य बालिहरु सुक्न थलेका छन ।
यस क्षेत्रमा वर्षे खेति एक वर्षमा एक बालि मात्रै हुने, त्यो पनि हिउँ नपर्दा किसानहरु सिंचाई कसरी गर्ने भन्ने चिन्तामा परेका छन । उसै त उत्पादन नहुने हिमाली भेग झन पानी र हिउँ नपरेपछि अलिकति लगाइएको बाली पनि सुखेकोले भोकमरीको समस्या आउने उनीहरुलाई डर छ ।
यी पालिकाहरुमा स्थानीय सारकरले पनि सिंचाईको बिकल्पमा चासो नदेखाएको भन्दै स्थानीयले दुखेसो गरेका छ ।।
प्रतिक्रिया राख्नुहोस्