काँगेलडाँडा विमानस्थल ७ वर्षदेखि प्रयोग बिहिन

सोलुखुम्बु- देशकै सबैभन्दा बढी विमानस्थल भएको जिल्लाको काँगेल डाँडा विमानस्थल वर्षौदेखि प्रयोगविहीन बनेको छ । जिल्लाको थुलुङदुधकोशी गाउँपालिका–२ मा रहेको उक्त विहानस्थल करिब ७ वर्षदेखि प्रयोगविहीन बनेको हो ।

राज्यको करोडौँ लगानीमा २०५२ सालमा निर्माण गरिएको विमानस्थलमा २०७२ सालपछि उडान तथा अवतरण ठप्प बनेको हो । लामो समय प्रयोगविहीन भएसँगै सो विमानस्थल अहिले गौचरणमा परिणत भएको स्थानीय बिकास कार्किले बताए ।

करिब आधा दशकपछि २०७७ मंसिर ३० गते परिक्षण उडान हुँदा हौसिएका स्थानीय समेत उडान परिक्षणमै सिमित बन्दा अहिले निराश बनेका छन् । प्राविधिक हिसाबले विमानस्थल निर्माण नै त्रुटिपुर्ण रहेकाले मर्मत नगरि सञ्चालन गर्न सक्ने अवस्था नरहेको नेपाल नागरिक उड्ययन प्राधिकरणले जनाएको छ ।

टावर तथा घेराबारहरु समेत जिर्ण बन्दै गएका सो विमानस्थल सञ्चालनमा आउने आशा स्थानीयले मारिसकेका छन् । विमास्थल सञ्चालनमा ल्याउन सक्दो कोसिश गरेको भएपनि सफल नभएको थुलुङ दुधकोशी गाउँपालिकाले जनाएको छ ।

२०५२ सालमा निर्माण सुरु भएको विमानस्थलमा २०६२र०६३ देखि उडान सेवा सुरु भएको थियो । २०७२ सालसम्म नेपाल एअरलाइन्स र तारा एअरले उडान भर्दै आएको विमानस्थलमा त्यसपछि उडान बन्द भएको थियो ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.