बाजुरमा गएको भुकम्पमा परी १ जनाको मृत्यु, ५० भेडा पुरिए

बाजुरा- सुदूरपश्चिम प्रदेशको बाजुरा केन्द्रविन्दु भएर गएको भूइँचालोका कारण एक महिलाको मृत्यु भएको छ । जिल्लाको गौमुल गाउँपालिका–२ को जुरेलीको स्थानीय जंगलमा घाँस काट्ने बेला गएको भुकम्पसँगै माथिबाट खसेको ढुंगाले लागेर महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) सुर्य थापाले भुकम्पका कारण खसेको ढुंगा लागेर जमुना रोकायाको मृत्यु भएको स्थानीयले जानकारी गराएको बताउनुभयो ।

भुकम्पले बडिमालिका नगरपालिका र हिमाली गाउँपालिकामा १ दर्जन भन्दा बढी घर भत्किएका छन् । बडिमालिका नगरपालिका ७ मा ३ वटा घर र गौमुल गाउपालिकामा दर्जन बढि घरमा क्षति पुगेको हो ।

बाजुराको मेला केन्द्रविन्दु भएर आज ५ दशमलब ९ म्याग्निच्युटको भूकम्प गएको थियो । भूकम्पको झट्काका कारण कैलालीमा पनि घरभित्र रहेका व्यक्ति बाहिर निस्किएका थिए । प्रदेशको राजधानी धनगढीमा पनि भूकम्पको ठूलो धक्का महसुस गरिएको थियो ।

यसैगरी बाजुरा गौमुल गाउँपालिका–१ अम्लिसका ४५ वर्षीय रामदल बोहरा घाइते भएका छन् ।
घाइते बोहराको अलिम्स स्वासथ्य चौकीमा उपचार भइरहेको छ ।

वर्षासँगै हिमपातपछि आएको भुकम्पका कारण घाईते बोहराका ५० वटा भेडा पुरिएको स्थानीय केशव बोहराले जानकारी दिएका छन् । अम्लिसको डोरडी भीर खसेर बोहराका २५ भेडा मरेको छन् भने २५ वटा घाइते अवस्थामा रहेका छन् ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.