आफ्नो पहिलो कामनै भ्रष्टाचार निर्मुल पार्नु हो- मुख्यमन्त्रीयादब

बारा- मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आफ्नो पहिलो कामनै भ्रष्टाचार निर्मुल पार्नु रहेको बताउनु भएको छ । भ्रष्टाचारीहरुलाई आफ्नो प्रदेशमा बस्न समेत नदिने बताउँदै मुख्यमन्त्री यादबले मधेस प्रदेशमा विकासको सबैभन्दा ठूलो बाधक भ्रष्ट्राचारनै भएकोले त्यसको अन्त्य हुनुपर्नेमा जोड दिनु भएको हो ।

निजगढ नगरपालिकाले आयोजना गरेको सम्मान कार्यक्रममा बोल्दै मुख्यमन्त्री यादवले निजगढ र सिम्रौनगढलाई ऐतिहासिक रुपमा काम गरेर देखाउने पनि बताउनुभयो । आफुले प्रदेशभर नै किसानका लागि बीउबिजन उपलब्ध गराउने काम शुरु गरिसकेको जानकारी दिनुभयो ।

मुख्यमन्त्री यादवसहित संघीय र प्रदेश सभाका ५ जना सांसदलाई निजगढ नगरपालिकामा सम्मान गरेको हो । कार्यक्रममा बारा क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य अच्युत मैनाली, बारा क्षेत्र नम्बर १ क का प्रदेश सभा सदस्य त्रिलोकी चौधरी, प्रदेश सभामा समानुपातिक तर्फकी सांसद मिनाकुमारी लामा र राजपतिदेवी जैसवाललाई निजगढ नगरपालिकाका मेयर सुरथ पुरीले कदरपत्रसहित सम्मान गर्नु भएको थियो ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.