कामपाले दियो खड्गी समुदायका गुठीलाई ४७ लाख

काठमाडौं- काठमाडौँ महानगरपालिकाले नेपाल खड्गी सेवा समितिअन्तर्गतका ४७ बाजाखल तथा गुठीलाई रु ४७ लाख अनुदान रकम उपलब्ध गराएको छ ।

कामपाले आज यहाँ आयोजना गरेको अमूर्त सम्पदा संरक्षण तथा प्रवर्द्धनका लागि नेपाल खड्गी सेवा समितिअन्र्तगत ४७ गुठी तथा खललाई रु एक लाखका दरले रकम उपलब्ध गराइएको हो ।

रकम प्राप्त गर्ने गुठीमा चन्द्र लखु अजिमा गुठी, इन्द्रायणी गुठी, रुद्र विनायकनायखिं गणेद्य खलः, पचली भैरव चिधं गुठी, शान्ति सुरक्षा गुठी, रामनाम गुठी, कंगअजिमातःगुठी, शान्तनायः खिं बाजं खलः, नायः खिं बाजं खलः, कंगअजिमानायः खिं, सिपाइँनायःगुठी, पुन हिटी गुठी, योमरीपुन्ही गुठी, दफ्तर नायः खिं बाजं खलः, ईन्द्रायणी गुठी, ईन्द्रायणी सना गुठी, ईन्द्रायणी गुठी समाज, भद्रकाली गुठी, ईन्द्रायणी गुठी, भद्रकाली गुठी खलः, भद्रकालीनायोखिंं बाजँखलः समिति रहेका छन् ।

त्यसैगरी पंचकुमारी सिं गुठी, मैतीअजिमानायः खिं बाजं खल, पचली भैरव तःधं गुठी, पचली भैरव सेवा गुठी, पचली भैरव नायोपाचो तधं गुठी, ईन्द्रायणी तःधं गुठी, ईन्द्रायणी शान्ती गुठी, ईन्द्रायणी सेवा गुठी, ईन्द्रायणी आजाःअजु सना गुठी, भद्रकाली छ्वास गुठी, बालाच¥हे सेवा गुठी खलः, पचली भैरव चिधं गुठी क्वःने, बागबजार नेवाबाजं खलः, भद्रकाली धर्म गुठी, ईन्द्रायणी गुठी, अजिमा सेवागुठी, ईन्द्रायणी गुठी समाज, नरसिंह माइला गुठी, बैकुण्ठ गुठी, भुरुङ् खेल मेहर सिं गुठी, चल्खु अजिमा गुठी, गुहेश्वरी द्यः पालाः खड्गी समुह, पञ्चकुमारी खड्गी सेवा गुठी, बलराम गुठी, शान्त गुठी, ईन्द्रायणी सना गुठी द्यः बु रहेको छ ।

कार्यक्रममा कामपाप्रमुख बालेन्द्र साहले अहिलेको पुस्ताले सम्पदा बचाउन सकेन भने काठमाडौँको सांस्कृतिक पहिचान नै धरापमा पर्नसक्ने भन्दै मूर्त अमूर्त सांस्कृतिक सम्पदाको संरक्षण गर्न अहिले नै लाग्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा नेवा जातीय महासङ्घका अध्यक्ष एवं खड्गी सेवा समितिका संरक्षक मनोज नेवा खड्गीले, अनुदान प्राप्त गर्न समूह बनाउन थाल्ने जस्ता विकृतिप्रति चनाखो हुनुपर्ने बताउनुभयो ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.