मन्त्री पदबाट लामिछानेको राजिनामा
काठमाडौं- सर्वोच्च अदालतले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नागरिकता मुद्धामा गरेको फैसलाले सांसद पद खारेज भएसँगै उहाँले मन्त्री पदबाट राजिनामा दिनुभएको छ ।
लामिछानेका स्वकीय सचिव प्रकाश सिग्देलका अनुसार उहाँले प्रधानमन्त्री पुष्पकमल ‘दाहाल’, प्रचण्डसमक्ष राजिनामा पेश गर्नुभएको हो । गृह मन्त्रालयबाट निस्किने क्रममा पत्रकारसँग संक्षिप्त प्रतिक्रिया दिँदै लामिछानेले आफूले सर्वोच्चको फैसला मान्ने बताउनुभयो ।
सर्वोच्च अदालतको संवैधानिक इजलासले लामिछानेको नेपाली नागरिकता प्राप्ति र अमेरिकी राहदानीका सम्बन्धमा परेको रिटमाथि शुक्रबार सुनुवाइ गर्दै सांसद पद खारेज गरेको थियो ।
लामिछाने चितवन निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । फैसलासँगै सो क्षेत्रमा उपनिर्वाचन गर्नुपर्ने भएको छ ।-
प्रतिक्रिया राख्नुहोस्