नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

काठमाडौँ- नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज ११ बजे बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने पदाधिकारी बैठकमा गृह मन्त्रालयबारे छलफल हुने बताइएको छ ।

यसअघि गृह मन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टीको भागमा परेको भए पनि रवि लामिछानेको नेपाली नागरिकता सर्वोच्च अदालतले अवैध ठहर गरेसँगै रिक्त भएको थियो । नागरिकता अवैध भएसँगै लामिछानेले उपप्रधान एवं गृह मन्त्रालयको जिम्मेवारी गुमाउनुभएको थियो ।

आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट पुनः नेपाली नागरिकता लिएसँगै पार्टीले पुनः गृहमन्त्रीको दाबी गरेको छ । माओवादीले पछिल्ला राजनीतिक घटनाक्रमलाई लिएर छलफल गर्न पार्टीको पदाधिकारी बैठक बोलाएको पार्टी सचिवालयले जनाएको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.