ऐतिहासिक तलुवागढीको पूर्वाधार विकासको काम अलपत्र (फोटो फिचर)

ओखलढुङ्गा- ओखलढुंगाको सिद्धिचरण नगरपालिका र मानेभञ्ज्याङ गाउँपालिकाको सीमानामा रहेको ऐतिहासिक तलुवागढीको पूर्वाधार विकासको काम अलपत्र बनेको छ ।

प्रदेश-१ को पर्यटन तथा संस्कृति मन्त्रालयबाट पूर्वाधार विकासको काम थालिए पनि २ वर्षदेखि काम अलपत्र बनेको हो । १५ लाख बजेटबाट गढी जाने गेट निर्माणको काम पूरा नहुँदै विवाद बढेपछि रोकिएको हो ।

सिद्धिचरण नगरपालिकाले डीपीआर तयार गरेर पर्यटकीय पूर्वाधार निर्माणका लागि ११ करोड बजेट अनुमान गरेको थियो । सोही अनुसार निर्माण थालिए पनि उपभोक्ता समितिले राम्रो काम नगरेपछि अलपत्र परेको स्थानीयले बताएका छन् ।

चौधौँ शताब्दीतिर निर्माण भएको तलुवागढी अहिले संरक्षणको पर्खाईमा छ । सो समयमै यही गढीमा तोलवा राजाले सेनबंशी राजाहरुसँग लडाई लडेको इतिहास पाइन्छ । अहिले पनि यो गढीको गोलो घेरामा रेखाङ्कित बंकर, पर्खाललगायतका संरचना स्पष्ट छन् ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.