भारतबाट बढेर आयो इन्धनको मूल्य

काठमाडौं- भारतीय आयाल कर्पोरेशनले इन्धनको मूल्य वृद्धि गरेर नेपालाई पत्र पठाएको छ । भारतले पेट्रोल र डिजेलमा ८ रुपैयाँ,मट्टीतेलमा ४ रुपैयाँ ६० पैसा र हवाइ इन्धनमा ७ रुपैयाँ ३८ पैसा मूल्य वृद्धि गरेर नयाँ मूल्य सहितको पत्र नेपाल आयाल निगमलाई पठाएको हो ।

भारतमा मूल्य बढेर आएपनि नेपालमा बढ्छ कि बढ्दैन भन्ने यकिन नभएको आयाल निगमले जनाएको छ । निगमका अनुसार अहिले पेट्रोल १७५ प्रतिलटर,डिजेट १७२ रुपैया प्रतिलिटर, मट्टीतेल १७२ रुपैया प्रतिलिटर र हवाई इन्धनको मूल्य १७० रुपैयाँ रहेको छ । हरेक १५ दिनमा निगमको घाटा ९ करोड ४१ लाख रुपैयाँ रहेको आयल निगमले जनाएको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.