हात्ती आतंकबाट प्रभावित ३३ घरधुरीलाई सोलार बत्ती वितरण

कञ्चनपुर- कञ्चनपुरको बेलौरी नगरपालिकाले लालझाडी गाउँपालिका ६ चान्देव बस्दै आएका हात्ति आतंकबाट प्रभावित आरक्ष पिडितलाई सोलार बत्ती वितरण गरेको छ । विहिवार चान्देवका ३३ घरधुरीलाई सोलार बत्ती वितर गरिएको हो ।

शुक्लाफाँटा वन्यजन्तु आरक्षबाट विस्थापित भई लालझाडी गाउँपालिका ६ चान्देवमा बस्दै आएकाहरुलाई सोलार बत्ती वितरण गरिएको छ ।

जँगली हात्तिको आतंक बढ्दै गएपछि आतंक न्युनिकरण गर्ने उद्धेश्यले सोलार बत्ती वितरण गरिएको नगरपालिकाले जनाएको छ । २० वाटको सोलार प्यानल,पावर कन्ट्रोलर सहित सोलार बत्ती वितरण गरिएको नगर प्रवक्ता हर्क बहादुर भुलले जानकारी दिनुभयो ।

सोलार बत्ती पाएपछि खुशी व्यक्त गर्दै उत्तम रानाले सोलर बत्तीले केहि हदसम्म हात्ती आतंक रोकथाम हुने बताउनु भयो । चान्देव आरक्ष विस्थापित शिविरमा समय समयमा हात्तीले धनजनको क्षती पुर्‌याउँदै आएका छन् ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.