विश्व सिमसार दिवस: सगरमाथा क्षेत्रको सिमसार सरसफाई

सोलुखुम्बु- विश्व सिमसार दिवसको अवसरमा सगरमाथा क्षेत्रको सिमसार क्षेत्रको सरसफाई गरिएको छ । सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चे सोलुखुम्बुले विहिबार नाम्चे क्षेत्रको नदी तथा सिमसार क्षेत्रको प्लाष्टिकजन्य फोहोर सरसफाई गरेको हो ।

निकुञ्जका कर्मचारी,सगरमाथा प्रदुषण नियन्त्रण समिति (एसपीसीसी,नेपाली सेना,नेपाल प्रहरी, स्थानीय लगायतको सहभागीतामा फुर्ते तथा नाम्चे क्षेत्रका खोला तथा नदी क्षेत्रको सरसफाई गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत भुमिराज उपाध्यायले जानकारी दिनुभयो ।

उहाँका अनुसार सो क्षेत्रबाट अन्दाजी २५ किलो प्लाष्टिकजन्य फोहोर संकलन गरि नष्ट गरिएको छ । साथै निकुञ्जले सिमसारको महत्व र संरक्षणको उपायबारे सचेतनामुलक कार्यक्रम समेत आयोजना गरेको थियो ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.