सहजपुर बोगटान सडक कालोपत्रे हुन थालेपछि बस्ती विस्तारमा तीव्रता

डोटी- सहजपुर–बिपीनगर–बोगटान हुँदै दिपायल जोड्ने बोगटान सडक सम्पन्न भएपछि अहिले यहाँका बिभिन्न ठाउँमा बस्ती विस्तार निकै तीव्र भएको छ ।

केही सयम पहिले सुनसान रहेका यहाँका विभिन्न ठाउँमा सडक सञ्जाल जोडिएपछि बस्ती विस्तार हुने क्रम तीव्र बनेको स्थानीय प्रकाश मल्लले बताउनुभयो ।

पहिले यहाँ व्यापार पनि खासै थिएन,अहिले सडक जोडिएपछि जग्गा कारोबारदेखि अन्य व्यापार व्यवसाय समेत फस्टाएको संचारकर्मी नवीन जेठाराले बताउनु भयो ।

वर्षौँपछि उक्त सडक जोडिएपछि कैलालीको भक्तपुर चटकपुर शिवनगर,चिम्चे,निगाली,डोटीको बिपीनगर,बर्छैन,कापडीगाड,चिउरी,रुमाइल,खडेउली अत्तरकाडा रन्तोला,छिडिखान,चवारा चौतारा गायतका दर्जनौँ स्थानमा बजार विस्तार भएका छ्न् । अहिले सो सडकको सहजपुर देखि डोटीको गाडेबाज सम्म कालोपत्रेको काम चालु रहेको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.