भकुण्डेमा यात्रुवाहक बसको ठक्करबाट बालिकाको मृत्युः स्थानीयद्धारा आगजनी

काभ्रे- नमोबुद्ध नगरपालिकाको भकुण्डेमा बिहिबार दिउँसो यात्रुवाहक बसले बालिकालाई ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको छ ।

नमोबुद्ध नगरपालिका वडा नं.७ स्थित बिसकिलोमा बनेपाबाट खार्पाचोक जाँदै गरेको बा २ ख ७३४२ नं को बसले ठक्कर दिँदा पैदल यात्री स्थानीय कृष्णबहादुर अधिकारीको ८ वर्षिया छोरी दिविसा अधिकारीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी दिएको छ ।

आक्रोशित भीडले उक्त बसमा आगजानी गरेका थिए । त्यहाँ उपस्थित करिब ४–५ सय जनाले बसमा आगो लगाएको प्रहरी चौकी भकुण्डेवेशीले जनाएको छ । स्थानीयले वीपी राजमार्ग समेत अवरोध गरेका थिए । नमोबुद्ध नगरपालिकाको दमकल प्रयोग गरी आगो नियन्त्रणमा लिइएको थियो ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.