रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक धुम्बाराहीमा

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक धुम्बाराहीस्थित पार्टी कार्यालयमा बसिरहेको छ । बैठकमा सरकारमा बस्ने या बाहिरिनेबारे निर्णायक छलफल हुने रास्वपा नेताहरूले बताएका छन् ।

रवि लामिछानेलाई गृहमन्त्रीमा फर्काउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अनिच्छुक देखिएको भन्दै पार्टी केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बसेको हो ।

सत्तारुढ गठबन्धनभित्र भएको भागबण्डाअनुसार गृहमन्त्री आफूहरूले नै पाउनुपर्ने रास्वपाको अडान छ । तर, प्रधानमन्त्रीका तर्फबाट सकारात्मक संकेत नआएपछि सरकारबाट हट्ने मनस्थितिमा लामिछाने पुगेको बताइएको छ ।

रास्वपाले गृहमन्त्रालयको विकल्पका रुपमा अर्को मन्त्रालय नस्वीकार्ने बताइसकेको छ । साथै गृहमा कसलाई मन्त्री बनाउने भन्ने निर्णय लिने अधिकार पार्टीसँगै रहने उसको भनाइ छ ।

आजै मात्र पनि अध्यक्ष लामिछानेले बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डसँग भेट गर्नुभएको थियो ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.