नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सरकारलाई विश्वासको मत नदिने

सुदूरपश्चिम- नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सरकारलाई विश्वासको मत नदिने भएको छ । मुख्यमन्त्री राजेन्द्र रावलले विश्वासको मत लिनका लागि बोलाएको प्रदेश सभाको बैठकमा नागरिक उन्मुक्ति पार्टीले कसैलाई पनि मत नदिने निर्णय गरेको हो ।

पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले राजबन्दी रिहा नभएसम्म कसैलाई विश्वासको मत मत नदिने बताउनुभयो । नागरिक उन्मुक्तिको यो निर्णयसँगै सुदूरपश्चिम सरकार पूर्णता नपाउँदै ढल्ने निश्चित भएको छ ।

प्रदेश सरकार गठनका लागि २७ जना सांसदको समर्थन आवश्यक पर्छ । नागरिक उन्मुक्तिको साथ नपाए प्रदेश सरकारले २७ सांसदको समर्थन जुटाउन सक्ने अवस्था छैन ।

मुख्यमन्त्री नियुक्त भएको एक महिनाभित्र विश्वासको मत लिई सक्नुपर्ने संबैधानिक प्रावधान छ । २७ गते रावल मुख्यमन्त्री नियुक्त भएको एक महिना पुग्दैछ ।

अन्य ६ वटै प्रदेशका मुख्यमन्त्रीले विश्वासको मत लिएर सरकार विस्तार गरिसके पनि मुख्यमन्त्री रावलले भने विश्वासको मत नपाउदा अहिलेसम्म सरकारलाई पूर्णता दिन सकेका छैनन् ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.