सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र रावल पदमुक्त, कांग्रेसका शाह मुख्यमन्त्री नियुक्त हुने

काठमाडौं– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र रावल पदमुक्त हुनुभएको छ ।

प्रदेश सभामा विश्वासको मत प्राप्त गर्न असफल भएपछि रावल पदमुक्त हुनुभएको हो । मुख्यमन्त्रीले राखेको छलफलको प्रस्ताव नै बहुमतले अस्वीकृत भएको सभामुखले घोषणा गर्नुभएको थियो ।

विश्वासको मत पाउन निर्णायक भनिएको नागरिक उन्मुक्तिका सबै ७ सांसद प्रदेशसभा बैठकमा अनुपस्थित भएपछि मुख्यमन्त्रीले विश्वासको मत पाउनुभएन ।

रावलले संविधान अनुसार ३० दिनभित्र विश्वासको मत लिनुपर्ने थियो ।

मुख्यमन्त्रीले विश्वासको मत नपाएपछि अब संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नेपाली कांग्रेसका संसदीय दलका नेता कमलबहादुर शाह मुख्यमन्त्री नियुक्त हुने बाटो खुला भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.