सौराहामा पर्यटक लक्षित ‘सौराहा फुड फेष्टिवल २०७९’ को तयारी पुरा (फोटो फिचर)

चितवन- चितवनको पर्यटकीय नगरी सौराहामा पर्यटक लक्षित ‘सौराहा फुड फेष्टिवल २०७९’ को तयारी पुरा भएको छ । ‘प्राकृतिक सौन्दर्यता चितवन सौराहाको विशेषता, सडकमै खाऔं सडकमै रमाऔ’ भन्ने नाराका साथ भ्यालेनटाइन डे विषेश फुड फेस्टिबलको हरेक बर्ष हुँदै आएको छ ।

यो पटक पनि सौराहाको हात्तीचोकदेखि गैंडाचोकसम्म डालोमा बत्ती बालेर दुलही झैं सिगारिएको छ । रेष्टुरेन्ट एण्ड बार एशोसियन रेवान सौराहाले भ्यालेनटाइन डे मनाउन परिवार तथा प्रेमिल जोडीको स्वागतका लागि व्यवसायीहरुले सौराहालाई सिंगारेका हुन् ।

स्वदेशी तथा विदेशी पर्यटक आगमनको हिसावले सौराहा विश्वमै चर्चित पर्यटकीय गन्तव्य हो । मुलुकको तेस्रो पर्यटकीय गन्तव्यको रुपमा स्थापित सौराहामा व्यवसायीहरुले पर्यटन विकासको लागि फेष्टिवल आयोजना गर्दै आएको रेवान सौराहाका अध्यक्ष नरेश गिरीले जानकारी दिनुभयो ।

फेस्टिबलमा हरेक दिन हुने सडक फुड विभिन्न जातजातिहरुको झाँकीहरुको प्रस्तुती रहने छ । तीन दिनसम्म सञ्चालन हुने फूड फेस्टिबलमा स्थानीय परम्परागत तथा विदेशी खाना, स्थानीय कला संस्कृति, विभिन्न जातजातीको झाँकी प्रस्तुत हुने रेवान सौराहाका महासचिव सुर्यबहादुर रिमाले दिनुभयो ।

प्रणय दिबसमा परिवार तथा प्रेमिकासँग रमाउनेहरुका लागि व्यवसायीहरुले सौराहालाई उत्कृष्ट थलोको रुपमा चिनाएका छन् । सौराहामा आएका विदेशी पर्यटक तथा स्वदेशी पर्यटकहरुले पनि सौराहामै प्रणय दिवस मनाउने गरी तयारी गरिएको फेस्टिवलका संयोजक ध्रुव गिरीले जानकारी दिनुभयो ।

नेपालका विभिन्न समुदाय र जातिका खानाका परिकारदेखि अन्तर्राष्ट्रिय स्तरका खानाको परिकार उपलब्ध हुने फुड फेस्टिबलमा दैनिक ५ हजार पर्यटकले अवलोकन गर्ने आयोजकको अनुमान छ । करिब ६० लाख बराबरको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.