संसदीय अभिलेख व्यवस्थापनमा सभामुखको चासो
काठमाडौं– सभामुख देवराज घिमिरेले संघीय संसदको अभिलेख व्यवस्थापनमा चासो लिनुभएको छ ।
सभामुख घिमिरेले मंगलबार संघीय संसदको पुस्तकालय निरीक्षण गर्दै संसदीय अभिलेख र संग्रहालयलाई व्यवस्थित बनाउन निर्देशन दिनुभयो । उहाँले पुस्तकालयलाई सरल र व्यस्थित बनाउँदै अटोमेशनबाट सञ्चालन गर्ने कार्ययोजना बनाउन समेत निर्देशन दिनुभयो ।
सभामुख घिमिरेले संविधान निर्माणका क्रममा भएका गतिविधि र दस्तावेजलाई डिजिटल प्रविधियुक्त बनाइ अध्ययन अनुसन्धानमा सहजता अपनाइदिन पुस्तकालय शाखालाई निर्देशन दिनुभयो । उहाँले संसद् संग्रहालयको समेत निरीक्षण गर्नुभएको थियो ।
सभामुख घिमिरेसँगै संघीय संसद् सचिवालयका महासचिव डा. भरतराज गौतम, सचिवालय सचिवहरु सुदर्शन खड्का, डा. रोजनाथ पाण्डे लगायत पुस्तकालयको निरीक्षणमा हुनुहुनुहुन्थ्यो ।
प्रतिक्रिया राख्नुहोस्