मुस्ताङबाट पोखरा जाँदै गरेको बस दुर्घटना, ४ जना घाइते

काठमाडौँ- हिमालपारीको जिल्ला मुस्ताङकोे जोमसोमबाट बुधबार बिहान पोखरातर्फ जाँदै गरेको ना ७ ख ७४४० नम्बरको म्याग्दी कोरला यातायात प्रा.लि.को कालीगण्डकी नदिमा खस्दा चार जना गम्भिर घाइते भएका छन् ।

जोमसोमबाट १७ जना यात्रु लिएर पोखरातर्फ जाँदै गरेको बस राष्ट्रिय गौरवको बेनी–जोमसोम सडकको धम्पुस्थित सडकको बायाँ करिब ५४ मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

मुस्ताङ प्रहरी नायव उपरीक्षक रविन्द्रनाथ पौडेललेका अनुसार गम्भीर घाइते यात्रुलाई थप उपचारका लागि पोखरा पठाइएको छ भने सामान्य घाइते यात्रुलाई थासाङ–३ स्थित लेते प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.