सभामुख र उपसभामुखलाई गृह जिल्लामा सम्मान
झापा- प्रतिनिधिसभाका सभामुख र उपसभामुखलाई गृह जिल्ला झापामा सम्मान गरिएको छ ।
झापा निर्वाचन क्षेत्र नम्बर दुईबाट निर्वाचित देवराज घिमिरे र समानुपातिकबाट निर्वाचित इन्दिरा राना मगरलाई विर्तामोड नगरपालिकाले सम्मान, बधाई तथा शुभकामना कार्यक्रम गरेको हो ।
नगरपालिका लगायत पत्रकार महासंघ झापा शाखा, नेपाल अलैची ब्यवसायी महासंघले समेत नवनिवार्चित सभामुख र उपसभामुखलाई सम्मान गरेको हो ।
सभामुख घिमिरेको निजी निवासमा भेटघाट कार्यक्रम रहनुका साथै अन्तराष्ट्रिय औद्योगिक ब्यापार महोत्सवको उद्घाटनको कार्यक्रम समेत रहेको छ ।-
प्रतिक्रिया राख्नुहोस्