मृत गैंडाको खाग र खुर फेला पर्‍यो

चितवन- पन्चकन्या सामुदायिक वन उपभोक्ता समूह र चतुर्मुखी सामुदायिक वन उपभोक्ता समूहको सीमास्थित खगेडी खोलानजिक भेल्दार घारीमा शुक्रबार गैँडा मृत अवस्थामा फेला परेको छ ।

अन्दाजी ४/५ वर्षको गैँडा आपसमा जुध्दा घाइते भएको र तत्पश्चात बाघको आक्रमणमा परेको अनुमान गरिएको छ ।

मृत फेला परेको उक्त गैँडाको शरीरका अंगहरु छुट्टिएको अवस्थामा भए पनि खाग, खुर र खप्परलगायतका सबै अंग सबै सुरक्षित रहेको जनाइएको छ ।

मृत फेला परेको सो गैँडा झण्डै दुई महिनाअगाडि नै मरेको हुनसक्ने अनुमान गरिएको डिभिजन वन कार्यालय चितवनले जनाएकाे छ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.