सांसद चन्द्र भण्डारीको स्वास्थ्यमा क्रमिक सुधार

भारतको मुम्बइमा उपचाररत नेपाली काँग्रेसका सांसद चन्द्र भण्डारीको स्वास्थ्यमा क्रमिक सुधार आएको छ । पछिल्लो अपडेट अनुसार सांसद भण्डारीलाई नलीबाट खाना दिन सुरु गरिएको तर डिहाइड्रेसनका कारण पिसाव कम र प्लेटलेसमा कमी आएको उपचारमा संलग्‍न डाक्टर मुकेश मिश्रले जानकारी दिनुभएको छ ।

गएराति डाक्टर अमुल मात्रेले दिएको जानकारी अनुसार सांसद भण्डारीको शरीरमा पिसावको मात्रा सामान्य रहेको र अन्य शारीरिक सूचकहरु पनि सामान्य रहेका छन् ।

सांसद भण्डारीलाई हिजो छातीको फिजियो गराइएको र कृत्रिम अक्सिजनको मात्रा ३५ प्रतिशतमा झारिएको उपचारमा संलग्‍न चिकित्सकले जनाएको त्यहाँ रहनुभएका नेपाली काँग्रेसका नेता योगराज कँडेलले जानकारी दिनुभयो ।

सांसद भण्डारीलाई आज प्राकृतिकरूपमा श्वास प्रश्वासको ट्रायलमा लैजाने योजना पनि रहेको उहाँले बताउनु भयो ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.