‘गर्जुरा पर्यटकीय पार्क’ निर्माण कार्य अन्तिम चरणमा (फोटो फिचर)

गुल्मी- गुल्मी जिल्लाको रेसुङ्गा क्षेत्रसँगै ‘गर्जुरा पर्यटकीय पार्क’ निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । रेसुङ्गा क्षेत्रसँगै जेडिएको स्थानमा गर्जुरा रेसुङ्गा पर्यटन पार्क निर्माण कार्य अन्तिम चरणमा पुगेको हो ।

पार्कभित्र भ्यूटावर, भिरमा पिङ्ग, पाँचवटा पिकनिक ट्रस, फोटोग्राफी जोन, बालबालिकाको लागि प्लेजोन, पिकनिक स्पोर्ट, भलिवल र व्याडमिण्टन मैदान, बिच बिचमा पैदलमा मार्ग (बाग्लुङबाट ल्याइएको ढुंगाबाट), शौचालय, टिकट काउन्टर, बिभिन्न जनावरमा आकृति देखिने फोहोर मैला फाल्ने डसबिन, पार्किङ्ग लगायतका निर्माणको काम अन्तिम चरणमा पुगेको रेसुङ्गा नगरपालिकाका इन्जिनियर कृष्ण कोइरालाले बताउनु भयो ।

पर्यटकीय पार्क तम्घास आउने अन्तरिक तथा बाह्य पर्यटकहरुका लागि आनन्द लिने स्थलको रुपमा लिइएको छ । नगरको गर्जुरामा बन्न लागेको पार्कको ५ करोड ५९ लाख ५३ हजार ५०१ रुपैयाँको लागतमा धुलिखेल–अर्जुन–न्यु लिजा जेभी तम्घास गुल्मीले पार्क निर्माणको काम गरिरहेको छ ।

पार्क निर्माणको लागि नागरिक उड्यन मन्त्रालयको ७० प्रतिशत र रेसुङ्गा नगरपालिकाको ३० प्रतिशत लगानी रहेको छ । पार्क निर्माणको काम ९० प्रतिशत सकिएको रेसुङ्गा नगरपालिका इन्जिनियर कृष्ण कोइरालाले बताउनु भयो ।

अब पार्कभित्र सामान्य काम बाहेक धेरै काम सकिएकाले काम सम्पन्न हुन साथ अवलोकनका लागि खोलिने कोइरालाको भनाई छ । अहिले पार्क निर्माणको काम चलिरहेकाले अवलोकनका लागि बन्द गरिएको छ । पार्कको २०७९ साल फागुन ३० गते सम्पन्न गर्ने गरी सम्झौता भएको थियो ।

निर्माण व्यवसायीले तोकिएकै मितिमा नै पार्क निर्माणको काम सम्पन्न हुने रेसुङ्गा नगरपालिकाले जनाएको छ । पार्क क्षेत्र ३ दशमलव ९६ हेक्टर क्षेत्रफलमा फैलिएको छ ।

जिल्ला सदरमुकाम तम्घास आउने पर्यटकलाई रेसुङ्गासम्म लैजाने क्रममा बिचमा थप आकर्षक बढाउनको लागि गर्जुरा रेसुङ्गा पर्यटन पार्क बनाउन लागिएको हो । गर्जुरा पार्कले रेसुङ्गासँगै धार्मिक, ऐतिहासिक, प्राकृतिक एवं पर्यटकीय दृष्टिकोणले महत्व बढाउने अपेक्षा लिइएको छ ।

जिल्ला सदरमुकाम तम्घासबाट रेसुङ्गा जाने स्थलमा निर्माण भइरहेको गर्जुरा पार्कसम्म पुग्न सवारी साधन मार्फत पुग्न सकिन्छ । त्यस स्थानसम्म पुग्ने मोटरबाटो समेत कालोपत्रे हुन लागेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.