प्रचारप्रसार अभावमा गुमनाम तलछडी झरना
हुम्ला- जिल्लाको सर्केगार्ड गाउँपालिका– ५ गोठी गाउँ नजिकै रहेको तलछडी झरना यतिखेर ओझेलमा पर्दै गएको छ । कुनै पनि निकायद्वारा झरनाको संरक्षण र सम्वर्द्धन हुन नसकेपछि तलछडी झरना ओझेलमा पर्दै गएको हो ।
प्राकृतिकरूपमा निकै सौन्दर्य बोकेको तलछडी संरक्षणका लागि पर्खाइमा रहेको छ । तर स्थानीय सरकार, प्रदेश सरकार, केन्द्र सरकारको यहाँ नजर भने अझैसम्म पुगेको छैन । ३ सयदेखि ४ मिटर लम्बाई रहेको तलछडी झरना पर्यटकीय क्षेत्रको हिसाबले निकै महत्वपुर्ण छ ।
पर्यटकीय आकर्षणको रुपमा रहेको तलछडी झरनाको समयमै संरक्षण र सम्वद्र्धन गर्न सके आन्तरिक तथा बाह्य पर्यटकका लागि यो नयाँ गन्तव्यको रुपमा चिनाउन सकिन प्रचुर सम्भवना रहेको स्थानीय देवबिक्रम शाही बताउनुहुन्छ ।
गाउँपालिका केन्द्र सर्केगार्डदेखि झण्डै एक घण्टाको दुरी टाढा रहेको तलछडी झरना प्राकृतिक रुपमा निकै शोभायमान भएपनि झरनाको प्रचार प्रसार भने अझै हुन सकेको छैन ।
प्रतिक्रिया राख्नुहोस्