अनिवार्य जातीय भेषभुषामा विद्यार्थी

पाँचथर– यो दृश्य हाटबजार वा कार्यक्रम तथा पर्व मनाउन भेला भएका हैनन् । बिद्यार्थी आ-आफ्नो मैलिक जातीय भेषभुषामा बिद्यालय जान थालेको दृश्य हो ।

यसरी आफ्नै जातीय भेषभुषा लगाएर बिद्यालय जान पाउँदा बिद्यार्थी उत्साहित देखिएका छन् । पाँचथर जिल्लाको फिदिम नगरपालिका वडा नम्बर सातको रानीटार माध्यमिक बिद्यालयमा हप्ताको सोमबार र बिहिबार आ-आफ्नै जातीय भेषभुषा लगाएर जाने गरेका छन् ।

जातीय भेषभुषा कितावको पानामा सीमित बन्दै गएको बेला रानिटार माबिका बिद्यार्थीहरुका लागि व्यावहारिक शैक्षिक सिकाइसँगै अनिर्वाय पोसाक लगाउँदै आएका त्यहाँ अध्ययनरत् बिद्यार्थीहरुको बुझाइ छ ।

त्यस बिद्यालमा लिम्बु, राई, तामाङ, गुरुङ, ब्रामणक्षेत्री र दलित अध्ययरत् छन् । उनीहरुले अनिवार्य आ-आफ्नो जातीय पोशाक लगाउने गर्छन् । जातीय पोशाक लगाउने नेपालकै पहिलो बिद्यालय भएको शिक्षक तथा अविभावकहरुको भनाइ छ ।

प्रध्यानाध्यापक भक्त बहादुर राईले बिद्यार्थीलाई बिभिन्न जातीय पोशाक चिनाउन, पोशाकको रंग तथा बनावट र लगाउने तरिका बारेमा जनकारी लिनुका साथै आफ्नो पोशाक नियमित लगाउने बानीको विकास गर्ने अभियान थालिएको बताउनु भयो ।

यो अभियान केही महिना अघिबाट सुरु भएको हो । जिल्लामा जातीय पोशाक लगाउन थालेपछि अन्य बिद्यालयहरुले पनि पूर्व तयारीमा जुटेका छन् । आफ्नो पोशाक किनेर लगाउन नसक्ने गरिब विद्यार्थीलाई स्थानीय तहले प्रबन्ध गरिदिने जनप्रतिनिधि रुपेश तामाङको भनाइ छ ।

नेपालको संविधान २०७२ ले प्रत्याभुति गरेको मौलिक अधिकार र सामाजिक शिक्षा व्यवहारिक बनाउन आ-आफ्नै जातीय पोशाक लगाउन थालेको उनीहरुको बुझाइ छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.