राष्ट्रपतिमा काँग्रेसलाई सघाउने आठ दलको निर्णय

काठमाडौँ- यही फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनमा नेपाली काँग्रेसका उमेदवारलाई सघाउने निर्णय आठ दलले गरेका छन ।

आज बालुवाटारमा बसेको आठ दलका शीर्ष नेताहरुको बैठकले संसदमा सबैभन्दा ठूलो दल नेपाली काँग्रेसका उमेदवारलाई सघाउने निर्णय भएको नेकपा एकिकृत समाजवादीका नेता प्रकाश ज्वालाले जानकारी दिनुभयो ।

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय सहमतिको विषयमा छलफल अघि बढाउनुभएको थियो ।

बैठकमा प्रधानमन्त्रीले अब सत्ता समिकरणसमेत नयाँ बनाएर जानुपर्ने प्रस्ताव राख्नुभएको नेता ज्वालाले जानकारी दिनुभयो । तर सरकारको समिकरण र गठबन्धनको विषयमा भने थप छलफल नभएको उहाँको भनाइ थियो ।

काँग्रेसको उमेदवारलाई राष्ट्रपतिमा सघाउ नेपाली कांग्रेससहित, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, राष्ट्रिय जनमोर्चा र नागरिक उन्मुक्ति पार्टीबीच सहमति बनेको हो ।

भोलि बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म राष्ट्रपतिका लागि उम्मेदवारी दर्ता गर्नुपर्ने निर्वाचन तालिका रहेको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.