यूएनआई नेपालको बोर्ड बैठक : कामको महत्व बुझाउन खबरदारी गरौँ

काठमाडौँ- नेपालमा औपचारिक र अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकहरुको छाता संगठन यूएनआई नेपालले आफ्नो बोर्ड बैठक सम्पन्न गरेको छ ।

काठमाडौँमा सम्पन्न बैठकले नेपाली श्रमिकले पछिल्ला दिनहरुमा भोग्नुपरेका समस्याका बारेमा छलफल गरेको थियो ।

कोरोना महामारीपछि विभिन्न क्षेत्रका श्रमिकको रोजगारी गुमेको र अहिले पनि विभिन्न वहानामा मजदूरले पाएका दुख र अप्ठेरोलाई कसरी सुल्झाउन सकिन्छ भनेर बैठकमा गहन छलफल भएको थियो ।

बैठकमा यूएनआईसँग आवद्द २२ वटा युनियनका प्रतिनिधिहरुले आफ्ना संगठनले गरेका काम र भावी कार्यक्रमको बारेमा जानकारी गराएका थिए ।

बोर्ड बैठकमा प्रमुख अतिथि युनि-एप्रो (UNI APRO) का महासचिव राजेन्द्र आचार्यले विश्वको ट्रेड युनियन मुभमेण्टसँग नेपालका मिल्दाजुल्दा समस्या र समाधानको उपाएका बारेमा सुझाव दिनुभएको थियो ।

बैठकमा महासचिव आचार्यले सूचना र प्रविधिको युगमा श्रमिक संघ संगठनहरुले आफ्ना सदस्यहरुलाई एकतावद्द बनाइराख्न र सदस्यता बढाउन ‘डिजिटर अर्गनाइजिङ’ को अबधारणा विश्वभर प्रभावकारी भएको बताउनुभयो ।

कार्यक्रममा यूएनआई नेपालका अध्यक्ष शंकरप्रसाद लामिछानेले नेपालमा श्रमिकलाई अझै पनि हेप्ने गरेको उदाहरणहरु छन् भन्नुहुँदै कामलाई महत्व दिन काम लगाउने संस्था वा व्यक्तिलाई निरन्तर खवरदारीको आवश्यकता रहेको बताउनुभयो ।

श्रमिकहरुको विश्वव्यापी साझा संगठन  युएनआई ग्लोबल युनियनसँग आवद्द नेपालस्थित यूएनआई नेपालसँग विभिन्न क्षेत्रमा कार्यरत श्रमिकहरुका २२ वटा संगठनहरु आवद्द छन।।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.