राष्ट्रपति निर्वाचनको विषयले बद्लिएको समीकरण

काठमाडौं- नेकपा माओवादी केन्द्रले सत्ता समिकरण बदल्दै राष्ट्रपति पदमा कांग्रेसको उम्मेदवारलाई समर्थन गरेपछि नेकपा एमालेले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएर सरकारबाट बाहिरिएको छ ।

राष्ट्रपति निर्वाचनको विषयमा पुरानो राजनीतिक गठबन्धन भत्किएर नयाँ गठबन्धन बनेपछि केन्द्रदेखि प्रदेश सरकारको सत्ता समीकरण पनि बदलिने परिस्थिति बनेको हो ।

गत मंसीरमा आमनिर्वाचनमा कांग्रेस-माओवादीसहित पाँच दलीय गठबन्धन बनेको थियो । एमाले एकल प्रतिस्पर्धामा चुनावी मैदानमा थियो । आम निर्वाचनमा पाँच दलीय गठबन्धन सरकार गठनकालागि बहुमतको नजिक रहँदा सरकारको नेतृत्वको विषयलाई लिएर कांग्रेस र माओवादीबीच मतभेद देखा पर्‍यो ।

अन्ततः माओवादीले गठबन्धन परिवर्तन गर्दै एमालेसहित राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा लगाएतको समर्थनमा पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बन्नुभयो ।

प्रधानमन्त्रीले संसदवाट विश्वासको मत लिने वेला कांग्रेस संसदमा प्रतिनिधित्व गर्ने अधिकांश दलहरुले विश्वासको मत दिए । कांग्रेस लगाएतका दलले विश्वासको मत दिएपनि एमाले, माओवादी राप्रपा लगाएत अन्य दलहरु सम्मिलित गठबन्धनको सहभागितामा केन्द्रदेखि प्रदेश सरकारहरु गठन भए ।

काँग्रेस सवै भन्दा ठूलो दल भएपनि संघ र प्रदेश सरकारमा नेपाली काँग्रेस सहभागि भएन । तर अहिले परिस्थिति फेरिएको छ । यतिवेला राष्ट्रपतिमा माओवादीले कांग्रेसका उम्मेद्वार रामचन्द्र पौडेललाई समर्थन गरसँगै पुनः केन्द्रदेखि प्रदेश सरकारको सत्ता समिकरण फेरबदल हुने भएको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता संगै केन्द्रदेखि प्रदेश सरकार समिकरण पनि बदलाव आउने परिस्थिति बनेको हो । एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएसंगै केन्द्र र सातै प्रदेशमा सरकारमा प्रधानमन्त्री र मुख्यमन्त्रीहरूले पुनः आफ्नो पक्षमा बहुमत जुटाउनुपर्ने हुन्छ ।

अहिले प्रदेश नं १, गण्डकी र लुम्बिनी प्रदेशमा एमाले नेतृत्वको सरकार छ । बागमती र कर्णाली प्रदेशमा माओवादी, मधेस प्रदेशमा जनता समावादी पार्टी र सुदुरपश्चिम प्रदेशमा कांग्रेस नेतृत्वको सरकार छ ।

एमाले सरकारबाट बाहिरिए पनि यी प्रदेशको सत्ता समिकरणमा कुनै प्रभाव पर्ने देखिदैन । तर एमालेले नेतृत्व गरेका प्राय सबै प्रदेश सरकार गुमाउनेछ र ती प्रदेशमा कांग्रेस, माओवादी सहित गठबन्धनमा रहेका दलहरुको स्पष्ट बहुमत रहने अंकगणित देखिन्छ ।

सुदुरपश्चिम प्रदेशको हकमा भने एमालेले विश्वासको मत लिन नसकेपछि ठुलो दलको हैसीयतमा कांग्रेसले प्रदेश सरकारको नेतृत्व गरेको छ । पछिल्लो समय कांग्रेस र माओवादीबीच गठबन्धन बनेको हुँदा सुदूरपश्चिम प्रदेशमा माओवादीलेले समर्थन दिए लगतै प्रदेश सरकारले विश्वासको मत पाउने देखिन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.