चितवन जुत्ता चप्पल मेला २०७९ सुरु

चितवनः चितवनको भरतपुरमा रहेको प्रदर्शनी केन्द्रमा नेपालमा उत्पादित जुत्ता चप्पल तथा छालाजन्य वस्तुहरुको प्रदर्शनी चितवन जुत्ता चप्पल मेला २०७९ सुरु भएको छ ।

चितवन उद्योग संघ र नेपाली जुत्ता घरको संयुक्त आयोजनामा सुरु भएको प्रथम चितवन फुटवयर एक्स्पो “चितवन जुत्ता चप्पल मेला” मा १० वटा स्वदेशी उद्योगबाट उत्पादित एक हजार भन्दा बढी प्रकारका जुत्ता चप्पल राखिएका छन् ।

प्रदर्शनीको उद्घाटन गर्दै भरतपुर महानगरपालिका उपप्रमुख चित्रसेन अधिकारीले जुत्ताचप्पल अनिवार्य जस्तै भइसकेको भन्दै स्वदेशी उत्पादनबाटै आत्मनिर्भर हुनुपर्ने बताउँदै विदेशबाट आउने आयातलाई रोक्ने प्रयास गरेको भए पनि विदेशी उत्पादनसँग प्रतिस्पर्धा गर्नसक्ने गरी नेपाली उद्योगले उत्पादन गर्नुपर्नेमा जोड दिनुभयो ।

अगामी चैत १७ गतेसम्म गरि एक महिनासम्म सञ्चालन हुने फुटवयर एक्स्पोमा ४० वटा स्टल रहेका नेपाली जुत्ता घरका अध्यक्ष होमनाथ उपाध्यायले जानकारी दिनुभयो ।

स्वदेशी उत्पादनका बारेमा आम उपभोक्तालाई स्थलगत अवलोकन गराई आफ्ना उत्पादनका बारेमा जानकारी गराउने उद्देश्यले एक्स्पो गर्न लागिएको हो ।

नेपाली उत्पादनको प्रवद्र्धन गर्नका लागि एक्स्पो गर्न लागिएको हो । नेपाल फुटवयर एशोसिएसनका अध्यक्ष नानीराज घिमिरेले विराटनगर, पोखरा, धरानलगायतका ठाउँमा एक्स्पो सम्पन्न गरी चितवनमा गरिएको बताउनुभयो ।

प्रदर्शनीमा दुई लाखले अवलोकन गर्ने र तीन करोड रुपैयाँको कारोबार हुने अपेक्षा गरेको मेला व्यापार कमिटिका संयोजक सूरज वन्जाडेले बताउनुभयो ।

स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्दै आम उपभोक्ताहरुलाई अवलोकन गराउने साथै स्वदेशी गुणस्तरीय उत्पादनको बजार वृद्धि गराउने प्रमुख लक्ष्यका साथ मेला आयोजना गरिएको फुटवयर एशोसिएसन समितिका उपाध्यक्ष रुद्र न्यौपानेले जानकारी दिनुभयो ।

मेलामा बि एफ डियरहिलरबिएफ़ स्पोर्ट्स, शिखर शुज, क्रसरोड, फर्स्ट वाक, शुजल्याण्ड, रनशुज, भेनस, केटिएम शुज, शिल, हाईलाईफ़ लगायतको ब्राण्डका जुत्ता, चप्पल तथा छाला बाट उत्पादित सामाग्रीहरु उपलब्ध रहेका छन् ।

चितवन प्रदर्शनी केन्द्रको हलमा उपस्थित भएर हजारौ जुत्ता अवलोकन गर्दै विशेष छुटमा गुणस्तरीय जुत्ता खरिद गर्न आमज जनतालाई मेला व्यापार कमिटिका संयोजक सूरज वन्जाडेले अपिल गर्नुभएको छ ।

नेपालमा एक हजार पाँच सय उद्योग रहेको नेपाली जुत्ता चप्पल उद्योगमा ३० अर्ब रुपैयाँको लागत रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.