एकिकृत समाजवादीले आठ दलका सााझा उम्मेदवार पौडेललाई मतदान गर्ने
काठमाडौँ- नेकपा ( एकीकृत समाजवादी) ले यही फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनमा आठ दलका साझा उम्मेदवार रामचन्द्र पौडेललाई मतदान गर्ने भएको छ ।
पार्टीको आज बसेको सचिवालय बैठकले राष्ट्रपति पदका उम्मेदवार पौडेलको पक्षमा मतदान गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिनुभयो ।
पछिल्लोपटक विकसित राजनीतिक परिस्थिति एवं अन्तर्राष्ट्रिय घटनाक्रमका सन्दर्भमा छलफल गरिएको बैठकमा वामपन्थी आन्दोलनलाई एकजुट बनाउन पहलकदमी गर्ने, मुलुकमा शान्ति, स्थिरता र विकासका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्ने निर्णय गरिएको छ ।
वडा, क्षेत्र, प्रदेशका साथै सबै जनवर्गीय सङ्गठनको अधिवेशन आगामी जेठभित्र सम्पन्न गरी निर्धारित समसयमा राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको बैठकले सङ्गठनको पुनर्गठन, पार्टीको भूमिका र गतिविधिलाई प्रभावकारी बनाउने, केन्द्र मातहतका आफ्ना सबै कमिटी, विभाग, सङ्गठनलाई निर्धारित समयसीमाभित्र अद्यावधिक गर्न निर्देशन दिएको छ ।।
प्रतिक्रिया राख्नुहोस्