जिल्ला प्रशासन कार्यालय बझाङले अबदेखि राष्ट्रियगानबाट कार्यालयको काम सुरु गर्ने

बझाङ- जिल्ला प्रशासन कार्यालय बझाङले कार्यालयबाट प्रवाह गरिने सेवा दिनुभन्दा अगाडी राष्ट्रिय गान गाएर शुभारम्भ गरेको छ । बुधबार जिल्ला प्रशासन कार्यालय बझाङले बिहान १० बजे सबै कर्मचारीहरुलाई प्रशासनको प्राङ्गणमा उभ्याएर राष्ट्रिय गान गाउन लगाएर काम सुरु गरेको हो ।

कर्मचारीलाई सेवा प्रवाहप्रति उत्तरदायी बनाई नियमित समयमै कार्यालयमा उपस्थित गराउनका लागी प्रत्येक दिन बिहान १० बजे राष्ट्रिय गान गाउने र लगत्तै सेवाग्राहीको काम गर्ने उद्देस्यले कार्यक्रमको थालनी गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले भन्नुभयो, “यस प्रकृयाले कर्मचारीमा समेत राष्ट्रप्रतिको समर्पणको भाव, राष्ट्र प्रतिको अपनत्वको भावको समेत बिकास भइ, लगनशिलतापूर्वक काम गर्ने हौसलाका साथै कर्मचारी समेत समयमै कार्यालयमा हाजिर हुने बानीको समेत बिकास हुन्छ”। उहाँले यस कार्यलाई निरन्तरता दिईने बताउँदै यसले कर्मचारी र सेवाग्राही दुबैलाई समेत अनुशासित हुन टेवा पुग्ने बिश्वास रहेको समेत बताउनुभयो ।

लाईनमा बसेर राष्ट्रिय गान गाउने सबै कर्मचारीहरुले आफ्नो कर्मचारी परिचय पत्र, सरकारी कर्मचारीले लगाउने पोषाक लगाएर उपस्थित भएका थिए । जिल्ला प्रशासन कार्यालयको यस रचनात्मक कामप्रति सेवाग्राही समेत खुशी भएका छन् ।

बिगतका बर्षहरुमा कर्मचारी समयमा कार्यालयमा उपस्थित नहुँदा घण्टौसम्म नागरिकता लिन तथा राहदानीको काम गर्न समेत कर्मचारी कुरेर बस्नुपर्ने अवस्था हुन्थ्यो । कर्मचारीले आफ्नो समयमा उपस्थित भई सेवा प्रवाह समेत छिटो छरितो भरपर्दो हुने स्थानीय सेवाग्राहीहरुको भनाई छ ।

प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद पाण्डेको जिल्ला आगमनपछि कार्यालयको प्रशासनिक समेत सुधार हुन लागेको समेत स्थानीयको भनाई छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.