ओखलढुङ्गामा जिप दुर्घटना : २ जनाको मृत्यु ११ जना घाइते

ओखलढुंगा- ओखलढुङ्गा सदरमुकाम जाँदै गरेको बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

चिशंखुगढी गाउँपालिकादेखी ओखलढुङ्गा सदरमुकाम जाँदै गरेको बोलेरो वडा नं.३ दियालेको राहुटार नजिकै दुर्घटना अन्य एघार जना  घाइते भएका छन् ।

घाइतेमध्ये केहीको अवस्था गम्भिर छ ।

स्थानीयद्वारा घाइतेहरूको उद्धार भइरहेकाे र गम्भिर घाइतेहरूलाई हेलिकप्टरमार्फत उपचारका लागि काठमाडौँ पठाइएको चिशंखुगढी गाउँपालिकाका अध्यक्ष निशान्त शर्माले बताउनुभयो ।

दुर्घटनामा मृत्यु भएका र घाइतेहरूको पहिचान हुन बाँकी रहेको प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिनुभएको छ ।।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.