वन फाँडेको आरोपमा वडाध्यक्ष नियन्त्रणमा

बारा- डिभिजन वन कार्यालय बाराले दुई बर्ष अगाडी ५.३ हेक्टरमा लगाईएको बृक्षारोपण फँडानी गरेको आरोपमा वडाअध्यक्षलाई पक्राउ गरेको छ । वन अतिक्रमण गर्न बिरुवा फँडानी गरेको आरोपमा कोल्हबी नगरपालिका वडा नं. ५ का वडाअध्यक्ष नन्दकिशोर चौधरी पक्राउ परेका हुन् ।

१२ लाख रुपैया खर्च गरी दुई बर्षअघि टिक, मसला, कटहर लगायत बिभिन्न जातका ८ हजार ५ सय पचास बिरुवा र छेकबारको ७१ पोल पुर्णरुपमा नष्ट भएको छ ।

गत फागुन २३ गते राती वडाअध्यक्ष चौधरीको अगुवाईमा स्थानीयले सुकुम्बासीबाट पुर्जा बनाउन सो बृक्षारोपण क्षेत्रका बिरुवा र तारबार नष्ट गरेको सुचनाका आधारमा पक्राउपुर्जी जारी गरी चौधरीलाई पक्राउ गरिएको डिभिजन वनकार्यालय सिमरा बाराले जनाएको छ ।

शनिबार वन फँडानी क्षेत्रमा अनुगमनमा गएको समयमा डिभिजन वनअधिकृत, प्रदेश वन निर्देशक, प्रमुख जिल्ला अधिकारी, नेपाली सेना, सशस्त्र प्रहरी टोलीसमक्ष वडाअध्यक्ष चौधरी अभद्र शैलीमा प्रस्तुत भएपछि उनलाई तत्कालै पक्राउ गरेर अनुसन्धान शुरु गरेको हो ।

पक्राउ परेका वडाध्यक्ष चौधरीलाई २४ दिनसम्म डिभिजन वन कार्यालयले छानबिनका लागि हिरासतमा राख्न पाउने र थप समय आवश्यक परे अदालत समक्ष म्याद थप गरी अनुसन्धान गर्न पाउने कानूनी व्यवस्था रहेको छ ।

वडाअध्यक्ष चौधरीमाथिको आरोप छानविन र अनुसन्धानका लागि बारा डिभिजन बनकार्यालयका कर्मचारी अब्दुलकरिमलाई अनुसन्धान अधिकृत नियुक्त गरी अनुसन्धान अगाडि बढाइएको डिभिजन प्रमुख सिंहले बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.