हात्तीपाइले रोग विरुद्धको औषधि रसुवाबासीलाई काठमाडौंमै खुवाउन सुरु

सरकारले हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने अभियानको अवधी थप गरेसँगै रसुवा जिल्लाबाट बिभिन्न कामका सिलसिलामा काठमाण्डौमा बसोबास गर्दै आएका जिल्लाबासीलाई समेत हात्तीपाइले रोग विरुद्धको औषधि खुवाइन थालिएको छ ।

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले फागुन ३० गतेसम्म हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइने जानकारी दिएसँगै स्वास्थ्य कार्यालय रसुवाले बालाजु तथा कपन गरि दुई स्थानमा केन्द्र स्थापना गरी जिल्लाबाटै स्वास्थ्यकर्मी खटाई हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउन थालेको स्वस्थ्य कार्यालय रसुवाका प्रमुख भिमसागर गुरागाँईले बताउनुभयो ।

जिल्लामा सतहत्तर प्रतीशतले औषधि सेवन गरिसकेको बताउँदै अब बाहिरी जिल्लामा गएर बस्नेहरुका लागि औषधि खुवाउन सुरु गरिएको उहाँले बताउनु भयो ।

बैदेशिक रोजगारीका लागि तथा स्वदेशमै रोजगारीका लागि बाहिरिने संख्या बढी भएकाले उपत्यकामा जिल्लाबाट काठमाडौं बस्ने स्थान निर्क्यौल गरि औषधि खुवाउन सुरु गरिएको स्वस्थ्य कार्यालय रसुवाका प्रमुख भिमसागर गुरागाँईले जानकारी दिनुभयो ।

यसअघि यही फागुन ११ देखि सुरु भएको अभियानमा घरघर गई फागुन २५ गते सम्म औषधि खुवाईएको थियो । रसुवा जिल्लामा अल्वेण्डाजोल, डाइइथाइल कार्बावाजिन र आइभरमेक्टिन गरि तीन प्रकारको औषधि खुवाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.