धनगढीका पत्रकार ऐरमाथी आक्रमण

धनगढी- धनगढीका पत्रकार शेरबहादुर ऐरमाथि आक्रमण गरिएको छ । शनिवार राति उनीमाथि आक्रमण गरिएको हो । धनगढी खबरमा कार्यरत पत्रकार ऐरमाथि शनिवार राति ९ बजेतिर रुवस होटलमा आक्रमण भएको पत्रकार मोहन पनेरुले जानकारी दिनुभयो । पनेरुका अनुसार ऐर रुवस होटलको प्रवेशद्धवारमा अचेत अवस्थामा भेटिएका थिए ।

ऐरको टाउकोमा गम्भिर चोट लागेको छ । ऐरको शनिवार रातिनै सेती प्रादेशिक अस्पतालमा उपचारका लागि लगिएको छ । उनको टाउकोमा पाँचवटा टाँका लगाइएको छ । पत्रकार ऐरलाई धारिलो हतियार वा सिसाले आक्रमण गरेको हुनसक्ने पत्रकार पनेरुले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.