माओवादी पृष्ठभूमिका दलहरुले आज संयुक्त पत्रकार सम्मेलन गर्दै

काठमाडौं- माओवादी पृष्ठभूमि भएका दलहरुले आज संयुक्त पत्रकार सम्मेलन गर्दैछन् । दिउँसो २ बजे प्रज्ञा भवन कमलादीमा संयुक्त पत्रकार सम्मेलन गर्न लागिएको नेकपा (माओवादी केन्द्र) पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालले जानकारी दिनुभयो ।

द्वन्द्वकालीन मुद्दाको निर्क्यौल गर्ने विषयमा आधिकारिक धारणा सार्वजनिक गर्ने गरी माओवादी पृष्ठभूमि भएका दल एकजुट भएका हुन् ।

द्वन्द्वकालीन घटनाको मुद्दामा प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएपछि नजिकिएका दलहरुको फागुन २६ गते बसेको बैठकले आज संयुक्त पत्रकार सम्मेलन र भोलि अन्तर्क्रिया कार्यक्रम गर्ने निर्णय गरेको थियो ।

त्यसअघि फागुन २३ गते बसेको बैठकले विस्तृत शान्ति सम्झौता विपरीतका गतिविधिको सामूहिक प्रतिवाद गर्ने निर्णय गरेको थियो । सर्वोच्च अदालतले प्रधानमन्त्री ‘प्रचण्ड’लाई विपक्षी बनाएर दायर गरेको रिटको सुनुवाइ गर्दै शुक्रबार १५ दिनभित्र लिखित जवाफ पेश गर्न भनेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.