पाल्पा दरबार संग्रहालय परिसरका ५७ वटा घर संरचना हटाइने

पाल्पा- लुम्बिनी प्रदेश स्तरीय पाल्पा दरबार संग्रहालय परिसरमा निर्माण भएका संरचना तानसेन नगरपालिकाले हटाउने भएको छ । तानसेन नगरकार्यपालिकाको बैठकले शित्तलपाटी मूलढोला क्षेत्र वरपर र मखनटोल क्षेत्रमा रहेका ५७ घरटहरा भत्काउने निर्णय गरेको हो ।

सोमबार बसेको तानसेन नगरकार्यपालिकाको नवौं बैठकले सर्वपक्षीय क्षेत्र प्राप्त सुझाव र सल्लाह अनुसार पाल्पा दरबारको सौन्दर्यकरणका लागि घरटहरा हटाउने निर्णय गरेको नगर प्रवक्ता यादवसिंह कार्कीले बताउनुभो ।

पुरातत्व विभागको पत्र र यहाँको सर्वदलीय, सर्वपक्षीय छलफलको निष्कर्षका आधारमा नगर कार्यपालिकाको वैठकले सो क्षेत्रको सौन्दर्यकरण, पर्यटकीय क्षेत्रको विकास तथा विस्तारका लागि ५७ घरटहरा भत्काउने निर्णय गरेको प्रवक्ता कार्कीले बताउनुभयो । संरचना हटाउनका लागि ३५ दिने सूचना जारी गरी प्रक्रिया अगाडी बढाउने तयारी नगरपालिकाले गरेको छ ।

पुरातत्व विभागले माघ १० गते तानसेन नगरपालिकालाई पत्र लेख्दै तानसेन नगर विकासका लागि संरचनाहरु हटाउन सहजिकरणको अनुरोध गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.