आगजनीबाट दुईवटा पसल पुर्णरुपमा जलेर नष्ट

नुवाकोट- नुवाकोटको ढुंगेवजारमा गएराती भएको आगजनीमा परि दुईवटा पसल पुर्णरुपमा नष्ट भएको छ । विदुर नगरपालिका-१ ढुंगेवजारमा मध्यराती आगजनी हुँदा करौंडौं रुपैया बराबरको धनमाल नष्ट भएको छ । स्थानीय सुरेश श्रेष्ठको किराना पसल र रामेश्वर अधिकारीको प्लाष्टिक सामग्री पसलमा आगजनी भएको हो ।

मध्यराती पौने १२ वजे अधिकारीको प्लाष्टिक सामग्री पसलमा आगो लागिरहेको स्थानीयवासीले देखेपछि गुहार मागेपछि अन्यले जानकारी पाएका थिए । यस्तै सँगै जोडिएको सुरेश श्रेष्ठको किराना पसलसमेत जलेर नष्ट भएको छ ।

प्लाष्टिक तथा खाद्य सामग्री पसलमा लागेको आगो स्थानीयवासी, प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना तथा दमकलको प्रयासमा दुई घण्टापछि नियन्त्रणमा आएको थियो ।

आगजनीको कारण खुल्न सकेको छैन भने यस सम्वन्धमा विशेष अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

सुख्खायाममा आगजनी हुन नदिन विद्युत तथा अन्य प्रज्वलनशिल पदार्थको आवश्यक र उचित प्रयोग मात्र गर्न सर्वसाधारणलाई जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.