सेती नदीमाथि निर्माण भएको पक्की पुल सञ्चालनमा नआउँदै भाँचिएपछि फेरि बन्ने

कास्की- कास्कीको पोखरा महानगरपालिका वडा नम्बर ३० र ३३ बिचमा पर्ने सेती नदीमाथि निर्माण भएको पक्की पुल सञ्चालनमा नआउँदै भाँचिएपछि फेरि बन्ने भएको छ ।

निर्माण सकिएर यातायात सञ्चालनका लागी तैयारी भैरहेका बेला फलामे पाता समेत भाँचिएर पुल तल झरेपछि भत्काएर फेरि बनाउन शुरु गरिएको हो ।

सो ठाउँमा २३ बर्ष पहिले निर्माण भएको पुल तीन बर्षअघि सेती नदीमा आएको बाढीले पुलको दायाँ बायाँ जमिन भाँसिएपछि पुल चर्केर जोखिममा परेकोले पुरानो पुलमा आवतजावत बन्द गरी नजिकै नयाँ पुल निर्माणको काम भएको थियो ।

स्वीस सरकार बिकास सहयोग अन्तर्गत एस.डि.सी, (डोली) को ६ करोड ११ लाख रुपैयाको लगानीमा निर्मित सो पुल भाँचिएपछि फेरि बनाउनका लागि पुलको ढलान भत्काउने काम सम्पन्न भएको छ ।

लामो समयदेखी यातायात सञ्चालनमा समस्या रहेको ठाउँमा पुल निर्माण भएपछि गाउँको बिकासको ढोका खुलेको भन्दै उत्साहित भएका स्थानिय गुणस्तरहिन सामान प्रयोग गरी पुल निर्माण गर्दा सञ्चालनमा आउनु पहिलै भत्किएपछि निरास भएका छन् ।

पुल निर्माणका बेला गुणस्तरहीन सामानको प्रयोग भएका कारण पुल भाँचिएको रिपोर्ट प्राबिधिक टोलीको निश्कर्षपछि पुललाई भत्काएर फेरि बनाउन लागिएको हो ।

स्पान ६१ मिटर लम्बाई रहेको सो पुल २०७७ असारसम्म सम्पन्न हुनेगरी एस.एम. कन्स्ट्रक्सन कम्पनी प्रा.लि. काठमाण्डौले निर्माणको जिम्मा लिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.