सत्ता गठबन्धन १० दलको बैठक : उपराष्ट्रति निर्वाचनमा साझा रणनीति बनाउन केन्द्रित

काठमाडौँ- प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ १० दलको बैठकमा उपराष्ट्रपति निर्वाचन लगायतका समसामयिक विषयमा छलफल भएको छ ।
उपराष्ट्रपति निर्वाचनमा गठबन्धन दलहरुबाटै २ जना उम्मेदवार भएपछि सहमति जुटाउन १० दलको बैठक बसेको हो ।
आजको छलफल सकारात्मक भएको र यस विषयमा भोलि थप छलफल गरेर निर्णय लिइने नेकपा माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेतले जानकारी दिनुभयो ।
बैठकमा उपराष्ट्रपति निर्वाचन लगायतका अन्य समसामयिक विषयमा पनि छलफल भएको थियो ।
सत्तारुढ गठबन्धनबाट उम्मेदवारी दिएका तीन जनामध्ये एक जनाले फिर्ता लिने घोषणा गर्नुभएको छ । उपराष्ट्रपति पदको निर्वाचन पर्सि ३ गते हुँदैछ ।।






प्रतिक्रिया राख्नुहोस्