फरार प्रतिवादी पक्राउ अभियानलाई तीव्र पार्दै चितवन प्रहरी

चितवन- चितवन प्रहरीले जिल्लामा धमाधम फरार प्रतिवादी पक्राउ अभियानलाई तीव्र पारेको छ । देशकै मध्य भागमा पर्ने फरार प्रतिवादीको संख्या बढ्ने क्रम नरोकिएपछि यहाँ अभियाननै चलाएको चितवन प्रहरीले जनाएको छ ।

जिल्लामा नयाँ प्रहरी प्रमुख एसपी रामेश्वर कार्की आएसगैँ १५ बुँदे कार्ययोजना लागु गर्दै यहाँ फरार प्रतिवादी पक्राउ अभियानलाई तीव्र पारिएको हो । सोही अभियानका एकपछि अर्को फरार प्रतिवादी पक्राउ परिरहेका छन् ।

सोही क्रममा चितवन प्रहरीले फागुनमा मात्रै ३७ जनालाई नियन्त्रणमा लिएको चितवन प्रहरीका प्रवक्ता विजयराज पण्डितले जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालय चितवनले चालु आर्थिक वर्ष २०७९ ८० को आठ महिनामा २३७ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

उनीहरुबाट ४३ वर्ष ४ महिना २६ दिन कैद र ९२ लाख ८६ हजार २३९ रुपैयाँ जरिवाना भुक्तान गर्न बाँकी रहेको थियो । ३७ प्रतिवादीबाट १७ वर्ष ६ महिना २ दिन कैद र १९ लाख ३१ हजार ८४५ रुपैयाँ जरिवाना भुक्तान गर्न बाँकी रहेको थियो ।

चितवनका प्रहरी प्रमुख एसपी रामेश्वर कार्कीले फरार प्रतिवादी पक्राउ, लागूऔषध कारोबार तथा सेवन नियन्त्रण, अपराध नियन्त्रणका लागि नियमित गस्ती तथा अनुगमनलाई प्राथमिकता दिइएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.