चितवन जुत्ता चप्पल मेलामा बढ्दो आकर्षण, व्यवसायीहरु उत्साहित

चितवन- चितवनमा जारी प्रथम चितवन नेपाली जुत्ता, चप्पल प्रदर्शनी तथा प्रर्वद्धन मेला २०७९ ग्राहकमैत्री बनेको निश्कर्ष निकालिएको छ । चितवन उद्योग संघ र नेपाली जुत्ता घरको संयुक्त आयोजनामा आयोजित “प्रथम चितवन नेपाली जुत्ता, चप्पल प्रदर्शनी तथा प्रवर्द्धनमेला २०७९” को प्रदर्शनी समिक्षा कार्यक्रम यस्तो निश्कर्ष निकालिएको हो ।

स्वदेशी उत्पादन र स्वदेशी उघोगको प्रवर्द्धनमा आयोजित मेलाका कारण सस्तो आरामदायी र टिकाउ भएका स्वदेशी जुत्ता चप्पलहरू ग्राहकहरूको रोजाइमा परेको छ । स्वदेशी उत्पादनलाई प्रर्वद्धन चितवन प्रशासन सदैव अग्रसर हुने चितवनका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताउनुभयो ।

मेलामा हालसम्म करिब ७५,००० जनाले प्रदर्शनीको अवलोकन गरेको र अवलोकनकर्ता मध्ये औषतमा ७०% अवलोकनकर्ताहरुबाट ३० हजार जोर जुत्ता, चप्पलको कारोबार भएको फुटवेयर एशोसिएसन समितिका उपाध्यक्ष रुद्र न्यौपानेले जानकारी दिनुभयो ।

यही फागुन १७ गतेदेखि चितवनको भरतपुरमा रहेको प्रदर्शनी केन्द्र जारी प्रथम चितवन नेपाली जुत्ता, चप्पल प्रदर्शनी तथा प्रर्वद्धन मेला २०७९ मा नेपाली ग्राहकहरूको दैनिक भीडले आफुहरु थप उत्साहित बनेको फुटवेयर म्यानुफ्याक्चर्स एशोसिएसन अफ नेपालका उपाध्यक्ष एवम् मेला संयोजक सुरज बन्जाडेको भनाइ छ ।

स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्दै आम उपभोक्ताहरुलाई अवलोकन गराउने साथै स्वदेशी गुणस्तरीय उत्पादनको बजार वृद्धि गराउने अभियान चितवनमा सफलमा देखिएको फुटवयर एशोसिएसन समितिका उपाध्यक्ष रुद्र न्यौपानेले बताउनुभयो ।

मेलामा बि एफ डियरहिलरबिएफ़ स्पोर्ट्स, शिखर शुज, क्रसरोड, फर्स्ट वाक, शुजल्याण्ड, रनशुज, भेनस, केटिएम शुज, शिल, हाईलाईफ़ लगायतको ब्राण्डका जुत्ता, चप्पल तथा छाला बाट उत्पादित सामाग्रीहरु उपलब्ध रहेका छन् ।

चितवन प्रदर्शनी केन्द्रको हलमा उपस्थित भएर हजारौंको जुत्ता अवलोकन गर्दै विशेष छुटमा गुणस्तरीय जुत्ता खरिद गर्नेको संख्या दिनप्रतिदिन भीड लागेको छ ।

नेपाली जुत्ता सस्तो र लामो समयसम्म टिक्ने भएका कारण आफूहरूलाई मनपर्ने बताएका छन् । नेपालमा सबै वर्गका लागि ब्राण्डेडदेखि सामान्य जुत्ता चप्पल उत्पादन हुने भएको कारण नेपाली कम्पनीको जुत्ताचप्पल नै प्रयोग गर्दै आइरहेको उनीहरूको भनाइ छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.