२०८० सालमा दिने सार्वजनिक बिदाको सूची सार्वजनिक (सूची सहित)

काठमाडौं- सरकारले विक्रम सम्बत् २०८० सालमा दिने सार्वजनिक बिदाको सूचि सार्वजनिक गरेको छ । गृह मन्त्रालयले हिजो सार्वजनिक गरेको बिदा सम्बन्धि क्यालेन्डरमा जनयुद्ध दिवसलाई समेटिएको छ ।

२०७९ सालमा मन्त्रिपरिषद्बारा आकस्मिक निर्णय गराएर फागुन १ को जनयुद्ध दिवसमा बिदा दिएको सरकारले २०८० सालमा पनि बिदा दिनेगरी क्यालेन्डरमै बिदाको सूचीमा समेटेको हो । २०८० सालमा शनिबार बाहेक ३५ दिन बिदा रहेका छन् ।

आगामी दसैँको बिदा कात्तिक ४ देखि ९ गतेसम्म र कात्तिक २६ देखि ३० गतेसम्म तिहार बिदा दिने निर्णय गरिएको छ । यस्तै जन्म जयन्ती बिदा अन्तर्गत बैशाख २२ गते बुद्ध जयन्ती र पुस २७ गते पृथ्वी जयन्तीका दिन पनि सार्वजनिक बिदा दिने राजपत्रमा उल्लेख छ ।

यसबाहेक विश्व मजदुर दिवस, गणतन्त्र दिवस, संविधान दिवस, प्रजातन्त्र दिवस र अन्तर्राष्ट्रिय महिला दिवसमा पनि सार्वजनिक बिदा दिने सरकारी निर्णय छ । धर्म संस्कृति भौगोलिक क्षेत्र र स्थान विशेषका लागि मात्र पनि केही बिदा दिने निर्णय गरिएको छ ।

२०८०_साल_भरिको_सार्वजनिक_विदा_संम्वन्धी_(६५)

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.