फ्रान्समा अवकाशको उमेर बढाउने विधेयक संसदबाट पारित गरेको बिरोधमा व्यापक प्रदर्शन

फ्रान्समा सरकारले संसदबाट मतदान विना नै अवकाश संशोधन सम्बन्धी विधेयक जबरजस्ती पारित गरेपछि त्यसको विरोधमा व्यापक प्रदर्शन भइरहेको छ । प्रदर्शनकारी र प्रहरीबीच झडप नै भएको छ ।

पारित गरिएको विधेयकमा अवकाशको उमेर ६२ वर्षबाट बढाएर ६४ वर्ष बनाइएको छ । अवकाशको उमेर बढाएको विरोधमा प्लेस डे ला कन्कोर्डमा ठूलो भीड नै जम्मा भएको छ ।

फ्रान्सको अति दक्षिणपन्थी विपक्षी दलले हिजो संसदको तल्लो सदनबाट मतदानबिना नै विवादास्पद पेन्सन सुधार योजना पारित गरेपछि सरकारविरुद्ध अविश्वासको प्रस्ताव नै दर्ता गर्ने जनाएको छ ।

सन् २०२२ मा भएको राष्ट्रपतीय निर्वाचनमा अति दक्षिणपन्थी उम्मेदवार तथा हाल राष्ट्रिय रूपमा प्रदर्शनको नेतृत्व गरिरहेकी मरिन ला पेनले राष्ट्रपति इमानुएल म्याक्रोन र उहाँका प्रधानमन्त्री एलिजाबेथ बोर्नका लागि यो निर्णय पूर्णरूपमा असफल’ भएको बताउनुभयो ।

बहुमत प्राप्त गर्ने कुनै ग्यारेन्टी नभएकाले विवादास्पद विधेयकमा सांसदहरूले मतदान गर्ने निर्धारित समय अघि नै पारित गरेको आरोप लगाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.