पाथीभरा दर्शन गरेर फर्कंदै गरेकी महिलाको माथिल्लो फेदीमा मृत्यु

ताप्लेजुङ- पाथीभरा दर्शन गरेर फर्कने क्रममा मंगलवार माथील्लो फेदीमा एक महिलाको मृत्यु भएको छ । विर्तामोड-२ चारपाने झापाकी ४७ वर्षिय शिवमाया गौतमको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

नन्द, भाञ्जा र अरु तीनजना साथीसँगै पाथीभरा दर्शन गर्न आएकी उनी सोमवार विहान मन्दीर पुगेर वेलुका माथील्लो फेदी बास बसेकी थिइन । ३१ सय मिटर उचाइको माथिल्लो फेदिको होटलमा बास बसेकी उनी विहान शौचालय गएकी थिइन ।

लामो समय नफर्किएपछि नन्दले खोजी गर्दा शौचालयमै लडेको अवस्थामा भेटाएको कार्किले बताउनभयो । स्थानिय स्वास्थ्यकर्मी उमानाथ पौडेलले परिक्षण गर्दा गौतमको मृत्यु भइसकेको पाइएको थियो ।

स्वास्थ्यकर्मी पौडेलले चिसोको असर हुनसक्ने वताउनुभयो । सोमवारदेखिको वर्षाले पाथीभरा क्षेत्रमा हिमपात भएको छ भने चिसो अधिक वढेको छ । घटनास्थलको आवश्यक प्रकृया पुरा गरि आफन्तलाई बुझाइएको कार्किले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.