बागमती प्रदेशका मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यक्रम आजलाई स्थगित

हेटौँडा- बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत लिने कार्यक्रम आज रोकिएको छ।

बागमती प्रदेश सभाबाट विश्वासको मत लिनेगरी आज तय भएको कार्यक्रम नयाँ गठबन्धनमा रहेका दलहरुबीचको असमझदारीका कारण अन्तिम समयमा आएर स्थगित भएको हो ।

मुख्यमन्त्री जम्कट्टेलका स्वकीय सचिव विजय बुर्लाकोटीले आजका लागि तय भएको विश्वासको मत लिने कार्यक्रम स्थगित भएको जानकारी गराउनुभयो ।

संघीय सरकारमा नयाँ सत्ता समिकरणसँगै प्रदेश सभामा पनि सरकार पुनर्गठनमा छलफल भइरहँदा खासगरी नेपाली काँग्रेसले एकसाथ सबै निर्णय भएपछि मात्र विश्वासको मत लिन मुख्यमन्त्रीलाई सुझाव दिएको थियो ।

एथेष्ट छलफल विना विश्वासको मत लिने कार्यक्रम तय नगर्न नेपाली काँग्रेस बागमती प्रदेश संसदीय दलले मुख्यमन्त्रीलाई हिजै आग्रह गरेको थियो ।

बागमती प्रदेश सरकारबाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेश संसदीय दलले सरकारलाई दिएको समर्थन फिर्ता लिने र सरकारबाट बाहिरिने निर्णय गरेसँगै मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिन लाग्नुभएको हो । प्रदेश सरकारमा रहेका राप्रपाका तीन मन्त्रीले गत फागुन १३ गते मन्त्रीबाट राजीनामा दिएका थिए ।।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.