गण्डकी सरकारलाई दिएको समर्थन फिर्ता लिने माओवादी केन्द्रको तयारी

कास्की- नेकपा माओवादी केन्द्रले नेकपा एमाले नेतृत्वको गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । मुख्यमन्त्री खगराज अधिकारीलाई दिएको समर्थन फिर्ता लिन आज नेकपा माओवादी केन्द्र संसदीय दलको बैठक बस्दैछ ।

यसका लागि आज ११ बजे संसदीय दलको बैठक बोलाइएको संसदीय दलका नेता एवं भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री हरिबहादुर चुमानले जानकारी दिनुभयो ।

सरकारलाई दिएको समर्थन फिर्ता लिएर अघि बढ्न अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्देशन दिएको बताइएको छ । माओवादीले समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री अधिकारीले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने हुन्छ । गण्डकी प्रदेश सभामा ८ सिटसहित तेस्रो दलको रुपमा रहेको माओवादी केन्द्र २ मन्त्रीसहित सरकारमा सहभागी छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.