सत्ता साझेदार दलहरुबीच मन्त्रालय बाँडफाँडमा सहमति, भोलि मन्त्रिपरिषद् विस्तार हुने

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएर सत्ता साझेदारीमा सहमत गरेका दलहरु भोलि सरकारमा सामेल हुने भएका छन ।
सत्ता साझेदार दलहरुको आज बसेको बैठकले भोलि मन्त्रिमण्डल विस्तार गर्ने सहमति गरेका हुन् ।
बैठकले मन्त्रालयको बाँडफाँड गरेपनि कुन पार्टीले क-कसलाई सरकारमा सहभागी गराउने भन्ने विषय चाहिँ भोलि मात्र टुंगो लाग्नेछ ।
यसका लागि सरकारमा सहभागी हुन जाने मन्त्रीहरुको नाम छिनोफानो गर्न दलहरुले भोलि आ-आफ्नो दलका बैठक राखेका छन ।
संसदमा सबैभन्दा ठूलो दल नेपाली काँग्रेसले भोलि कार्यसम्पादन समितिको बैठक राखेर मन्त्रीहरुको नाम टुंग्याउँदै छ ।
नेकपा एकिकृत समाजवादीले भने दुई जना मन्त्रीहरुको नाम आजै टुंगो लगाएको जनाएको छ।
जसपाले पनि भोलि मात्र मन्त्रीहरुको नाम टुंग्याउने जनाएको छ।
मन्त्रीपरिषद विस्तार अघि सरकारका न्युनतम् साझा कार्यक्रमको विषयमा पनि दलहरुले सहमति गरिसकेको जसपाका नेता राजेन्द्र श्रेष्ठले जानकारी दिनुभएको छ ।।






प्रतिक्रिया राख्नुहोस्