सरकारी वार्ता टोली र मिटर ब्याज पीडितबीच वार्ता, आज पुनः छलफल हुँदै

काठमाडौं- सरकारले मिटरव्याज पिडितहरुसँग वार्ता गरेको छ । गृहमन्त्रालयका सहसचिव रुद्रादेवी शर्माको संयोजकत्वमा बनेको वार्ता टोलीले बिहिबार मन्त्रालयमा मिटरव्याज पीडितहरुसँग वार्ता गरेको हो ।
पीडितको तर्फबाट मनोजकुमार पासवानले वार्ताको संयोजन गरिरहनु भएको छ । वार्तामा मिटरव्याज पीडितहरुले आफ्ना मागहरु सरकारी टोलीका वार्ता संयोजक शर्मालाई बुझाएका छन् ।
सरकारी टोलीले पिडितका पक्षमा हालसम्म भएका काम र प्रयासका विषयमा जानकारी गराएको थियो । सरकारले मंगलबार वार्ताका लागि समिति गठन गरेको थियो । वार्ता सकारात्मक रहेको पिडिततर्फका संयोजन मनोजकुमार पासवानले बताउनुभयो ।
पिडितहरुले तत्काल समस्या समाधान गर्न अधिकार सम्मपन्न उच्चस्तरीय आयोगको निर्माण गर्नुपर्ने, तमसुक व्यवस्था खारेज गर्नुपर्ने, साहुकारहरुको अवैध ठहरिएको सम्पत्ति जसको नामबाट आएको उसैको नाममा हुनुपर्ने, तमसुकका आधारमा चलाइएका मुद्धा तत्काल खारेज गर्नुपर्ने लगायतका नौँ बँदै माग राखेका छन् ।
अर्को चरणको वार्तामा बस्ने गरी अपरान्ह स्थगित गरिएको वार्ता आज बस्ने गरि स्थगित गरिएको थियो । बिहिबार भएका छलफलका विषयमा थप तयारी र आन्तरिक छलफलका लागि समय अपुग रहेकोले आज पुनः वार्तामा बस्ने पीडित टोलीका संयोजक पासवानले जानकारी दिनुभयो ।






प्रतिक्रिया राख्नुहोस्