कर्णालीका मुख्यमन्त्री शर्मालाई विश्वासको मत प्राप्त

सुर्खेत- कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत पाउनु भएको छ । माघ ६ गते पहिलोपटक विश्वासको मत लिँदा ४० मध्ये २५ सांसदको मत लिन सफल हुनु भएका मुख्यमन्त्री शर्माले आज दोश्रो पटक विश्वासको मत लिँदा प्रदेश सभाको ९५ प्रतिशत मत प्राप्त गर्न सफल भएको हो ।

उहाँलाई सदनमा नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा एस, र स्वतन्त्र सांसदले विश्वासको मत दिनु भएको छ । उहाँको विपक्षमा राप्रपाका सांसद सन्तोषी शाहीले मात्रै मत दिनु भएन् ।

४० सदस्यीय प्रदेश सभा सदस्य रहेको कर्णाली प्रदेश सभामा आज कुल ३९ जनाको सहभागिता रहेको थियो । मुख्यमन्त्री शर्माको पक्षमा ३८ मत परेको छ भने विपक्षमा १ मत मात्र परेको सभामुख नन्दा गुरुङले जानकारी दिनु भयो । अब सदनको अर्को बठक चैत १९ गते बस्ने भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.